राप्ती गाउँपालिकामा जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी सहित ४१ जनाले गरे रक्तदान
भालुवाङ , दाङको राप्ती गाउँपालिकाले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा गाउँपालिकाकै जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र कर्मचारी सहित ४१ जनाले रक्तदान गरेका छन् । गाउँपालिकाकाे स्वास्थ्य शाखाले शुक्रबार गाउँपालिकाको सभाहलमा आयाेजना गरेकाे रक्तदान कार्यक्रम ४१ जनाले रक्तदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी दाङ अन्र्तगत रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । रक्त दान जिवन दान भन्ने मुल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र विभिन्न संघ सस्थाका प्रमुख र स्थानीय गरी ४१ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरूमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा अध्यक्षहरू चन्दर चौधरी, गोकर्णबहादुर रानाले रक्तदान गरेका थिए ।
त्यसैगरि गाउँपालिकाका कर्मचारीहरू विश्वास विक, वासुदेव खनाल, विकास ज्ञवाली, प्रभु महतो, राजेन्द्र पौडेल, देउखुरी टुडे राष्ट्रिय साप्ताहिकका प्रकाशक/सम्पादक सन्ताेषकुमार गुप्ता, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी जवान शरद पुरी, अन्यमा ठाकुरप्रसाद सुवेदी, कृष्ण माया पोख्रेल, दलबहादुर घर्ती, शम्भु भण्डारी, निर्मल शर्मा, केशव खत्री क्षेत्री, सुवास भट्टराई, शरद पुरी, गरिवु चौधरी, कुमार राना मगर, औधेष चौधरी, प्रदिप चौधरी, किशोरबहादुर पुन, कृष्णबहादुर विष्ट, आशिष पौडेल, विनोदकुमार मगर, मुगबहादुर दर्लामी, सन्तोषकुमार योगी, सन्तोषकुमार रेग्मी, ममता केसी, अन्जुदेवि केसी, तिर्थराज ज्ञवाली, अशोक बेल्वासे, युवक चौधरी, रिवश जिसी, प्रदिप प्रसाद बैदिक, मनिशलाल चौधरी, नारायण आर सि, कुमार नायव, तप मिन श्रेष्ठ, नवराज अधिकारी लगायत रहेका थिए ।
कोरोना भाइरस (कोभिड १९) का कारण लामो समय देखि देश लकडाउनको अवस्थामा रहेको दाङमा रगत अभाव हुन नदिन र कोही पनि नागरिक रगत अभावका कारण मर्न नपरोस् भन्नका लागि रक्तदान कार्यक्रमको अायोजना गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतको भनाई छ ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले दाङ देउखुरीको लमहीमा ४ वटा पालिकाको पहलमा ब्लड बैंक स्थापना हुन लागेको बताएका छन् । शिविरमा रक्त सञ्चार सेवा केन्द्रका प्रमुख दिलिप न्यौपाने र प्राविधिकहरु ठाकुर पाैडेल, भिमा डिसी, गोपीचन्द्र चौधरी र दिलिप चाैधरी रहेका थिए । रक्तदान कार्यक्रम गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।