राप्ती गाउँपालिकालाई स्वच्छ बनाउन सार्वजनिक स्थानमा राखियो डस्टबिन
भालुवाङ , दाङकाे राप्ती गाउँपालिकालाई सफा सुन्दर गाउँपालिका बनाउन राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले पहिलो चरणमा सिसहनियाँ र पिपरी बजारका विभिन्न सार्वजनिक स्थानमा डस्टबिन राखेको छ ।
चेम्बरले शुक्रबार सिसहनियाँ बजारमा एक अाैपचारिक कार्यक्रमको अायोजना गरि सिसहनियाँमा ३० र पिपरीमा १० वटा गरि ४० वटा डस्वीन बजार क्षेत्रको मुख्य मुख्य ठाउँ, स्वास्थ्य चाैकी, विद्यालय, प्रहरी विट, सार्वजनिक स्थलहरूमा राखेको छ ।
चेम्बरले आफ्नै लगानीमा ८५ वटा डस्वीन मध्ये पहिलो चरणमा २८ हजार बराबरको ४० वटा डस्वीन सार्वजनिक स्थानमा राखिएको हो । बजार विस्तार सँगै फोहोर बढ्न थालेपछि चेम्बरले डस्वीन राख्ने र साप्ताहिक रूपमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् ।
आावाज
चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले राप्ती गाउँपालिकामा सरसफाई चुनाैतीको विषय बनेता पनि पछिल्लो समय गाउँपालिकाले अाफ्नो वडाको फोहोर अाफै व्यवस्थापन गर्नुपर्ने नीति लिएकोले यो अभियानलाई गाउँपालिकाबासीले सहयोग गर्न अनुरोध गर्दै यो अभियान सफल बनाउन चेम्बरको पहल प्रति धन्यवाद ज्ञापन गरेका छन् ।
आवाज
कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत र चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका महासचिव चुमबहादुर बुढामगरले गरेका थिए ।