सितापाइलामा युवतीमाथि एसिड प्रहार : भारतीयसहित दुई जना पक्राउ

काठमाडौं, राजधानीको सितापाइलामा २२ वर्षिया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिक रहेको महानगरीय अपराध महाशाखा, काठमाडौंले जनाएको छ ।

उनीहरुलाई नार्गजुन-४ सिर्जनसिल टोलबाट प्रहरीले पक्राउ गरेको हो ।

ती युवतीलाई पक्राउ पर्नेमध्ये एक केटाले मन पराएको तर युवतीले अरु नै केटा मन पराएको भन्दै एसिड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।