गुणस्तरहीन पानी बेचेको भन्दै मध्यपश्चिम पानी उद्योगलाई कारबाही
नेपालगन्ज, गुणस्तरहीन पानी उत्पादन तथा बिक्रीवितरण गर्दै आएको मध्यपश्चिम पानी उद्योगलाई कारबाही गरिएको छ । बाँकेको बैजनाथमा रहेको मध्यपश्चिम पानी उद्योगलाई २ लाख रुपौयाँ जरिवाना गरि कारबाहि गरिएको हाे ।
शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जको टोलीले अनुगमनका क्रममा उक्त उद्योगलाई कारवाही स्वरुप जरिवाना गरिएको बताइएकाे छ ।
गुणस्तरहिन पानी उत्पादन र बिक्रीवितरण गरेको पाइएकाले पहिलो चरणमा चेतावनी सहित २ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।
चौलागाईंका अनुसार उद्योगलाई पानीको गुणस्तर सुधार गरि पुनः परिक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशन समेत दिईएको छ । गुणस्तर सुधार भएको प्रतिवेदन प्राप्त भएपछि मात्र उत्पादन तथा बिक्रीवितरण गर्न दिइने चौलागाईंले बताए ।
बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरिक्षण अधिकृत नेत्रा बोगटी लगायतको सहभागिता रहेको थियो ।