गण्डकीमा थप १० जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ श्रावण ९, शुक्रबार ११:१४
प्रकासित समय : ११:१४
पोखरा, गण्डकी प्रदेशमा शुक्रबार बिहान थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३६० पुगेको छ।
शुक्रबार कास्कीका पाँच जना, लमजुङका तीन जना तथा तनहुँ र बाग्लुङका एक एक जनामा संक्रमण भएको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए।
उनीहरूको क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा परीक्षण गरिएको थियो। गण्डकीबाट बिहीबारसम्म एक हजार ९५ जना कोरोनामुक्त भएका छन्।