कोहलपुरका २ महिलामा कोरोना संक्रमण

नेपालगन्ज, बाँकेको कोहलपुरका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा कोहलपुर नगरपालिका वडा नं. ९ का २१ र ४७ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । 

कोहलपुरका नयाँ संक्रमितहरु साउन ७ गते भारतबाट आएका थिए । भारतबाट आएर आफ्नो घरमा बसीरहेका उनिहरुको ८ गते स्वाव संकलन गरीएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्थानिय वागेश्वरी बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखी स्वाव संकलन गरीएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन ।

श्रेष्ठका अनुसार शुक्रबारसम्म बाँकेका ४०० जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये २८ जनाको आईसोलेशनमा उपचार भईरहेको छ भने बाँकी सबै कोरोनामुक्त भई घर फर्किसकेका छन । यसैबिच शुक्रबार भेरी अस्पतालमा गरीएको परिक्षणमा बर्दियाका ३ जना र दाङका ६ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । उनिहरु सबै १९ देखी ५५ वर्ष उमेर समुहका रहेको भेरी अस्पतालले जनाएको छ ।