कैलालीमा युवकमाथि खुकुरी प्रहार

कैलाली, कैलालीमा एक युवकमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ ।

जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर १ का २८ वर्षिय रमेशबहादुर शाहीमाथि दिनदहाडै खुकुरी प्रहार भएको हो । शैलुन पसलबाट कपाल काटेर बाहिर निस्कने बित्तिकै ७–८ जनाको युवाहरुको समूहले लम्की चौराहमा खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट शाहीको दुबै काधको दायाँबायाँ घाउ लागेको छ । शाही आक्रमणकारीहरुको हुलबाट भागेर लम्की चौराह नजिक रहेको प्रहरी बिटतर्फ भागेपछि उनको ज्यान जोगिएको हो । शाहीको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको छ ।

प्रहरी घटनास्थल पुगेको र आक्रमणकारीहरुको खोजी गरिरहेको जनाएको छ ।