कैलालीमा थप ८ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण ९, शुक्रबार १६:०९
प्रकासित समय : १६:०९
धनगढी, कैलालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४९ जनामा भएको परीक्षणमा कैलालीका ७ पुरुष र १ महिला गरेर ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ का एक जना पुरुष, वडा नम्बर ३ का २ जना पुरुष, वडा नम्बर ४ का ३ जना पुरुष र जानकी गाउँपालिका वडा नम्बर ३ का १-१ जना महिला-पुरुष फेला परेका हुन्।