काठमाडौंमा थप १०जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ श्रावण ९, शुक्रबार १६:३९
प्रकासित समय : १६:३९
काठमाडौं ,उपत्यकामा आज थप १० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज उपत्यकामा १० जनामा कोरोना भेटिएको बताएका हुन्।
उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका पाँच जनामा कोरोना संक्रमण भेटिएको हो भने त्रिवि शिक्षण अस्पताल महारागन्जमा पाँच जनामा संक्रमण देखिएको हो।
यस्तै, शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।