काठमाडौंबाट हुण्डी कारोबारी ढुण्डीराज पक्राउ

काठमाडौं,प्रहरीले काठमाडौंको बिशालनगरबाट २० लाख नगदसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले स्याङ्जाको कालिगण्डकी गउँपालिका–५ ताँपका ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई पक्राउ गरेको हो ।

न्यूरोडमा हाम्रो गण्डकी ईन्टरप्रारईजेज नामक कपडा पसल सञ्चालन गर्दै आएका न्यौपानेको साथबाट प्रहरीले १९ लाख ९१ हजार रुपैयाँ र दुईवटा मोबाइल बरामद गरेको छ ।शंकास्पद रूपमा हिंडिरहेका न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा उनले बोकेको कालो रङ्गको झोला सो परिमाणको रकम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनले भाइबरमार्फत हुण्डी कारोबार गर्दै आएको प्रहरीको दाबी छ । प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइने प्रहरीले जनाएको छ ।