सरकारको किचलो, प्रतिपक्ष फितलो, जनता मूकदर्शक

नेपालको ईतिहास निकै पुरानो छ । भारतको भन्दा । नेपाली विर योद्दाले आफनो भूमिको लागी आफनो जीउ ज्यानको बाजी लगाएर देशको रक्षा गरेको ईतिहास सावित छ । हाम्रा पुर्खाले जे जसरी यो देशको माया तथा ममता अनि आफनो प्राणको आहुति दिएका छन् त्यो कुराको हेक्का राख्ने काम आजका पुस्ताको हो ।

विर गोर्खालीको नाम, सगरमाथाको देश, भगवान गौतम बुद्दको देश,सिता जन्मेको देश, शान्तिको भूमि तथा प्राकृतिक सौन्दर्यता देशले परिचित मुलुक हो यो । बाहिर हेर्दा स्वतन्त्रता छ भित्रको अवस्थामा अहिले पनि छिमेकिको औपनिवेशिकता । यहां ईतिहासको कालखण्ड देखि हाल सम्मको ईतिहास केलाउंदा औपनिवेशितामा राख्न खोज्ने भारतको प्रभाव निकै छ ।

जे जति विकास भएका छन् त राजाको राणको पालामा भए । फरक छ त सञ्चार जगत तथा चेतना स्तर मात्र । त्यो पनि नगन्य मात्रामा तर सञ्चार जगत चाहि निकै फड्को मारेको छ । १०४ वर्षिय राणशासनको अन्त्य तथावि.स. २००७ पछि प्रजातान्त्रिक व्यवस्था आयो । वि.स. २०१५ मा भएको वि.पि. कोईरालाको जननिर्वाचित सरकार धेरै समय रहन सकेन । वि.स. २०१७ मा तत्कालिन राजा महेन्द्रले कु गरेर पञ्चायति व्यवस्था घोषणा गरे । तर पनि त्यो बेला निकै काम भएको थियो । वि.स. २०४६ सालको बहुदलिय व्यवस्थामा नेपाली कांग्रेस लाई स्पष्ट बहुमत वा २०५ सिटमा ११४ दिएका थिए । तर तत्कालिन प्रधानमन्त्री गिरिजा गिरिजा बाबुको रवाफ तथा घमण्डले एकाएक मध्यावधि घोषणाको फलस्वरुप वि.स. २०५१ मा मिलिजुली सरकारको अवस्था तथा तत्कालिन एमाले सरकारमा गएको हो ।

गिरिजा प्रसाद कोईराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिहं लगायतको पाटी भित्रको अन्तर कलह तथा विवाद लाई मिलाएर जांदा वि.स. २०५६ को आम निर्वाचनमा पून कांग्ेसले ११०नै ल्याएको हो । पछि फेरी कुकुरलाई घिउ नपच्ने भए झैं आन्तरिक द्दन्द्दको कारण तथा तत्कालिन जनयुद्द, राजदरवार हत्याकाण्ड, राजा विरेन्द्रको वंश नाशको मौका द्दन्दकालिन अवस्था दलहरु विचको आपसि तथा आन्तरिक कलहको कारण ज्ञोनेन्द्रले राज्यसत्ता आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापन र प्रजातान्त्रिक दुई, एमाले र माले गरि दुई,राप्रपा ३ अन्ने पनि विभाजितको मौका नै हो । वि.स. २०६२ ०६३ को जनआन्दोलन २ हुनु तत्कालिन सात राजनीतिक दल तथा द्दन्द्दरत माअ‍ोवादि बिचको एकता नै थियो । २०६४ को संधिान सभाको निर्वाचनमा माओवादिले स्पष्ट बहुमत पाउंदा सम्म पनि काम गर्न नसक्ने हुनु नै चलखेल थियो । नेपाली जनताको अपेक्षा तथा आशा एकातिर त सरकारले काम अर्काेतिर हुनुमा प्रभुको आर्शिवाद रहेछ । यो पहिले नै थाह थियो ।हाल आएर झन प्रमाणित हुदैछ ।

वि.स. २०७० को दोस्रो संविधान सभाको निर्वाचन सन्त नेता शुशिल दाको नेतृत्व अनि २०७२ असोज ३ मा नेपालको संविधान जारी पछिको मधेसको नाममा भएको आन्दोलन तथा भारतीय नाकाबन्दिको फलस्वरुप पनि अन्त्यमा भारले नेपाल सामु घुडा त टेकेकै थियो । वि.स. २०७४ को आम निर्वाचन तथा स्थानयि र प्रदेश निर्वाचनमा आम नेपाली जनताले नेपाली कांग्रेस लाई होईन नेकपा लाई सरकार सञ्चालन गर्ने जिम्मा दिने काम अनौठो होईन । नेपाली जनता निकै सचेत छन घमण्ड गर्ने आधार दलहरुको छैन । आज नेकपा लाई दुई तिहाईको सरकार निर्माण गर्ने जिम्मा दिएका छन् । यो सरकार गठनको झण्डै अढाई वर्षको अन्तमा आई पुग्दा के कति काम गर्न सफल भयो ? आफनो घोषणा पत्रमा उल्लेख गरे जति काम गरेको छ वा छैन ? कति गर्न सकेको छ कति गर्न बांकि छ । यसको लेखाजोखा त अबको केहि समय पछि जनता जर्नादन छन् ।

नेकपाको यो परिक्षण काल हो ।उसका कामको त हेर्न बांकि छ । कोहि आतिने अवीथा छैन । नेपाली कांग्रेसले त बलियो प्रतिपक्षको भूमिका निभाउन नसकेर फितलो प्रतिपक्षका रुपमा रहेको छ । उसले त यो समयमा सडक, सदन सरकारले गरेको गलत कामको बिरोध तथा राम्रा कामको समर्थन गर्ने बेला हो । उ त आम जनताको दैलो दैलोमा गएर सरकारका गलत निर्णय लाई जनता सामु लिने समय हो । तर यो सवालमा उ निकै फितलो छ ।

हालको वायड बड्डी काण्ड, ७० करोडको काण्ड, सुन काण्ड, यतिकाण्ड, बालुवा टार काण्ड तथा कोरोना काण्डको खोई शशक्त भूमिका । नागरिकता विधेयकको विपक्षमा उभिदाको अवस्था होस वा निर्मला हत्याकाण्ड तथा रुकुम पश्चिम सोति काण्डको खबर दारी पन । यो किन सदनमा पनि कमजोर त सडकमा पनि कमजोरको अवस्था आउनुमा के को कारण हो । सरकारले गरेको कालापानी, लिपुलेक र लिपियाधुरा लगायतका क्षेत्रमा भारतले गरेको हेपाह पनमा एक मत एक स्वर भएर संविधान संसोधनको कार्यमा एक बद्दताको कारण नेपालको नक्सामा ति क्षेत्र समेट्ने काम गरेको सरकारी निर्णयमा सहयोग गर्ने काम प्रतिपक्षको भूमिका निकै सराहनिय छ । जसको बाफजुत भारत डराएको अवस्था छ । पछिल्लो समयमा प्रतिपक्ष खै के कारणले हो शशक्त आवाज उठाउन सकेको छैन । संसदमा केहि सांसदहरुको आवाज आउदछ तर सदनमा जसरी प्रस्तुत हुनु पर्ने थियो । गर्न नसकेर फितलो देखियो ।

चीनको बुहान सहर बाट सुरु भएको कोभिड १९ विश्वभरी फैलिदै तथा महामारीको रुप लिएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । वास्तवमा नेपालमा पनि नेपाली जनतामा त्रास, भय तथा डर उत्पन्न सहित आज ४० जनाको ज्यान समेत लिईसकेको अवस्था छ । देशका ७७ वटै जिल्लामा फैलिएर आज सम्ममा करिव १८ हजार व्यक्तिमा यसले संक्रमण फैलाई सकेको अवस्था छ । यस बाट नेपाली जनता निकै मारमा परेका छन । सरकारले पिसिआर परिक्षणको दायरा बढाउने समयमा झन घटाउदै गएको छ । समुदायमा फैलिएको छ वा छैन त्यो हेर्न बांकि छ । एकातिर विद्यालय, कलेज, होटेल, व्यावसाय लगायत सार्वजानिक यातायातका साधनहरु पनि सञ्चालन समेत गरिसकेको छ । यस खालका विविध गतिविधिको वाफजुत नेपाली जनता निकै पिरमा छन तर यहि श्रावण ६ गते १२ बजेदेखि १२० दिन पछि बन्दाबन्दि पुरै खोलिसकेको छ ।

त्यस्तै अवस्था छ सार्वजानिक यातायात सञ्चालक पनि । अब त गाडीको भाबी सरकारलाई बुझाई दिने अवस्था आईसकेको थियो अब त श्रावण ८ देखि छोटो दुरी तथा भाद्र ०१ देखि लामो दुरीका साधन चल्ने निर्णय समेत गरेको छ । गरिबको घरमा काम वा रोजगारी गुमेर चिल्ली विल्लीको अवस्था आयो । परिवारलाई एक गांसको छाक टार्न गाहे भएको छ । आम मजदुरको अवस्था लाई कसले पो नियालको छ । ठुलठुला होटेल सञ्चालक, हामस्टे सञ्चालक, पर्यटन व्यावसायको अवस्था झन दलदलमा फसेको छ । आम नेपाली कृर्षकहरुले मानो रोपेर मुरी फलाउने समयमा राशायनिक मल नपाएर भौतारीका, चिन्तमा फसेका छन् । अव यो साल खेति हुदैन भन्न्ने डर तथा त्रास छ । सरकारको ध्यान यता गएको छैन । न त प्रतिपक्षले यो आवाज लाई सहिरुपमा उठाउन नै सकेको छ । अनि नेपालका दलहरु के को लागि राजनीति गर्ने पैसा, प्रतिष्ठा, पावर वा शक्तिको लागी वा ३ पी मा रुमलिनको लागी । सबै बुिझसकेका छन् आम नेपाली जनताले । फेरी पनि जाने हातपाउ जोडेर हजुर भन्ने दिन आउदैन र ?

एक हिउंदले जाडो जालात । अव फेरी नि जनतासामु जाने काम हुदैन । यसरी खाना, लगाउन, शुद्द पानि पिउन, आधारभुत आवश्यकता परिपुर्त गर्न नै समस्यामा परेकाआम नागरिक पिरै पिरमा रुमलिने गरेको वर्तमान समय छ । आज निकै संक्रमित भएका मुलुकको अवस्था हिजो त्यस्तै थियो । नेपाल सरकारले पनि आवश्यक तथा दुरदर्शि नीति अबलम्बन गर्न सकेन ।

जुन समयमा संक्रमितको संख्या नगण्य मात्रामा थियो त्यो बेला ध्यान नदिएर हतारमा बन्दाबन्दि गर्यो । कैयन नेपाली दाजुभार्ईहरु विदेश बाट ल्याउनु थियो त त्यतिबेला ल्याएको भए आज नेपालमा यो अवस्था आउने थिएन । आवश्यक निर्णय गर्ने समयमा बन्दाबन्दि गरेको नतिजाको फलस्वरुप आज नेपालमा दिन प्रतिदिन महामारीको रुप लिईरहेको छ । हाल बिदेशबाट ल्याउने नेपाली दाजुभाईहरु लाई तत्काल ल्याउने काम गर्न सकिने अवस्था थियो । हाल आएर नेपाली उखान लगन पछिको पोते के काम भन्ने भनाई चरितार्थ भएको छ । कोभिड १९ ले निम्त्याएका समस्याहरुमानिस रोगले भन्दा पनि भोकको कारण मर्ने संम्भावना छ ।

बन्दाबन्दि लामो समय गर्नु पर्ने भएकाले श्रमिक वर्गमा श्रम खोसिएको छ । बालबालिकाहरुमा निरासपन, आतेसपन, बर्बराउने तथा मानसिक तनाव देखा पर्ने तथा बढिले आत्मा हत्या समेत गर्ने सिर्जन भएको छ । देशका आधारभुत तहदेखि विश्वविद्यालय तह सम्म गरि झन्डै ९० लाखबालबालिकाको पठनपाठनमा समस्या वा शैक्षिक सत्रको उतारचढाव देखिएको छ । आर्थिक हिनामिना वा अधिक मात्रामा भष्टाचार बढे्को छ । दिर्घरोगी, गर्भवति महिला, शिशु लगायत जेष्ठ नागरिकले समयमा सहि उपचार नपाउने । औषधि उपचार नपाएर अकाल मृत्य भएको छ ।आम नागरिक, उधोगी, व्यापारी लगायत देशको आर्थिक अवस्था निकै कमजोर भएको छ । आम जनतामा त्रासको वातावरण । तथा बलत्कार एवम् बालबालिकामा मानसिक तनावको अवस्था सिर्जन भएको छ ।

निष्कर्षमा भन्दा हालको समयमा नेकपा फुटेर होईन जुटेर, झगडा गरेर होईन मिलेर, गुटबन्दि गरेर होईन आपसी मेलमिलापको भावनाले अगाडी बढ्ने गर्नुपर्छ । विगतको पाटीहरुको फुटाई तथा हालको जुटाईले त्यो प्रमाणित गरिसकेको छ । हालको यो सरकारले अवको दिनमा आम नागरिकका समस्यालाई शिरोधार्य गरेर अगाडी बढोस तथा तत्काल सरकारको किचलो हटोस । प्रतिपक्ष नेपाली कांग्रेस पनि १४ महाअधिवेशनमा गुटबन्दि बाट होईन एकताबाट अगाडी बढेर आगामी चुनावमा जनताको घरघरमा पुगेर जनताका यावत समस्यामा हातमा हात साथमा साथ दिएर काम गरोस ।

शक्तिशाली तथा बलियो प्रतिपक्षको भूमिका निर्वाह गरोस । अन्ने राजनीतिक दलको पनि गहन खालको भूकिा होस । जसरी संविधान सभाबाट एकमत तथा उक स्वरमा नेपालको संविधान २०७२ लाई संसोधन गरियो । त्यसरी नै कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई आम नेपालीले भोगचलन गर्ने वातावरणमा लागोस् । आन्तरिक द्दन्द्द अन्त्य गरोस ।सरकारको किचलोको अन्त्य होस । जनताको काम त राम राम भन्ने हो । तर सरकारको कांध थाप्नेहाईन बरु टुलु हर्ने हो । अब हामी यी सबै खाले समस्याबाट मूक्त भएर अर्थ नीतिमा सुधार गरी आउंने दिनमा मानव देखि मानव डराउंने वातावरण तयार नगरी देशको उन्नति र प्रगतिमा जुटौं । यसरी यो वर्ष यो भाईरस सर्ने वातावरणको अन्त्य गरेर नै सामना गरेर अगाडी बढौं । अस्तु !

लेखक : मध्यपश्चिमाञ्चल विश्वविद्यालय बागेश्वरी बहुुमुखी क्याम्पस कोहलपुर बांके पाठ्यक्रम तथा मूल्याङ्कन शिक्षण समिति प्रमुख हुन् ।