तुलसीपुरमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ५३ पुग्यो
प्रकासित मिति : २०७७ श्रावण ८, बिहीबार १८:२८
प्रकासित समय : १८:२८
दाङ ,दाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पताल नेपालगन्जमा विहिवार कोरोना परिक्षण गर्दा तुलसीपुरका ३ जनाको रिपोट पोजेटिभ आएको हो ।
जसमा तुलसीपुर ४, ५ र ७ का क्रमश ३९, ३९ र २३ बर्षीय तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले बताएको छ । अस्पतालमा बितेको २४ घण्टामा गरिएको २ सय २९ नमुना परिक्षण मध्ये तुलसीपुरका तिन जना र बर्दियाका एक जना गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दाङमा यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ सय ५३ पुगेको छ । यस अघि संक्रमित मध्ये ३३ जनाको देउखुरी र बेलझुण्डी आईसोलेशनमा उपचार भईरहेको छ ।