पंञ्चदेवल विनायकमा नक्कली हस्ताक्षर गरि रकम हिनमिना

अछाम, पंञ्चदेवल विनायक नगरपालिका वडानं २ मा नक्कली हस्ताक्षर गरि रकम हिनमिना गरेको पाइएको छ । आव ०७६र०७७ मा पलम्वर क्षमता विकास शिर्षकमा विनियोजित रकममा जनप्रतिनिधिको प्रत्यक्ष संग्लनतामा अनियमितता भएको भेटिएको हो ।

साविक ४ नम्वर वस्ने पलम्वर जोगि धामिको विना उपस्थिति सोहि वडाका नेपाली काङ्ग्रेसवाट निर्वाचित जनप्रतिनिधि ललित वहादुर शाहिले हस्ते हस्ताक्षर गरि नौ हजार रकम वुझिलिएको भरपाई भेटिएको छ । पलम्वर जोगि धामि गत माघसम्म पलम्वरको काम गरिरहेका थिए । उनि उपचारको क्रममा भारत गएका छन ।

पंञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत पदम माझीले नगरपालिकाका धेरै ठाउमा यस्ता घट्ना घटेको र यसरी असम्वन्धित मान्छेले भुक्तानी लिने कुरा गलत भएको बताएका छन ।

यो कुराको कडाईपुर्वक छानविन गर्ने र कुनै पनि हालतमा सम्वन्धित मान्छेले पाउनुपर्ने कुरा उल्लेख गरे । उक्त वडाका कार्यवाहक वडाअध्यक्ष पदम शाहिले आफुले सम्वन्धित मान्छेले पाउनेगरि रकम भुक्तानीका लागि सिफरिस गरिदिएको बताए । पलम्वरको पैसा सम्वन्धित मान्छेले नै पाउनुपर्छ ।

पलम्वरका लागि विनियोजित रकम अन्य शिर्षकमा विनियोजित गरि असम्वन्धित मान्छेलाई दिनै हुदैन ।पलम्वर ले पाउछ पाउछ का । वा अध्यक्ष शाहिले बताए । वडा नं २ का वडा सदस्य ललित शाहिसग वुझ्दा उन केहि पैसा खर्च भएको र वाकि पैसा पविनपा २ का काङ्ग्रेस निकट किसान संघका वडाअध्यक्ष छत्र शाहि र पुर्ण आधारभुत विद्यालयका प्र अ डवल वहादुर शाहिलाई दिएको बताए ।