नम्रता “ऋजु” का ४ मुक्तक
प्रकासित मिति : २०७७ श्रावण ८, बिहीबार १२:३०
प्रकासित समय : १२:३०
१.
आँखाले भन्दा मनले पहिले हेरेको भेटियो !
मायाका हातले अंगालो हाली बेरेको भेटियो !!
मधुरा अक्षर प्यारका भाव लेखेका किताब ,
पल्टाउदै जाँदा जीवनका पाना केरेको भेटियो !!
२.
खोजें धेरै तिमी लाई भेट्न सकिन !
नजिक देख्ने आश मैले मेट्न सकिन !!
सम्झौता नै बिथोलेर पर पुर्याउनेको ,
समातेर घाँटी आज रेट्न सकिन !!
३.
मन जलाइ यस्तो रिस रागमा भुलि रहन्छौ किन !
डुलाइ मन गडन्ते सधैं मागमा भुलि रहन्छौ किन !!
भाग्य आफ्नो नै हो तर हात थाप भन्दै कसैले ,
नदिए पनि खोज्दै आफ्नो भागमा भुलि रहन्छौ किन !!
४.
मायाको लामो नहर उसको !
भिडमा बिरानो रहर उसको !!
एकान्तमा लुकेर हाँस्नु पर्ने ,
रहेछ नौलो शहर उसको !!