भेरी अस्पतालका कम्प्युटर अपरेटर १६ लाख घूससहित पक्राउ
प्रकासित मिति : २०७७ श्रावण ८, बिहीबार १९:१७
प्रकासित समय : १९:१७
नेपालगञ्जस्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुण खनाल १६ लाख घूस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले आज अस्पताल परिसरबाटै खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित पक्राउ गरेको हो ।
विभिन्न सामान खरिद गरेको कमिशन रकम लिँदै गर्दा पक्राउ परेका खनालमाथि अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए।