नहरमा डुबेर एक युवकको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण ८, बिहीबार १३:०७
प्रकासित समय : १३:०७
जनकपुरधाम , धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टी चोकस्थित नहरमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ।
कमला सिंचाई नहरमा माछा मार्ने क्रममा आज डुबेर स्थानीय राजीन्द्र मण्डलका २० वर्षीय छोरा मिथिलेश मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको छ।