काठमाडौंमा ९ जना कोरोना संक्रमित थपिए
प्रकासित मिति : २०७७ श्रावण ८, बिहीबार १६:३७
प्रकासित समय : १६:३७
काठमाडौं उपत्यकामा आज (बिहीबार) कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका ५ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ३९७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप १४७ जनामा कोरोना पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा ३ हजार ४८१ जनाको पीसीआर नमुना जाँच गरिएकोमा १४७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसहित हालसम्म नेपालमा संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ छ। क्वारेनिन्टनमा रहेका व्यक्तिको संख्या २० हजार ९८ छ। आज १५६ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज भएका व्यक्तिको संख्या १२ हजार ८४० पुगेको छ।