कर्णालीमा थप ३० जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण ८, बिहीबार १५:२७
प्रकासित समय : १५:२७
सुर्खेत, कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ३० जनामा कोरोना पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २४ जना तथा सुर्खेतका ५ र सल्यानका एक जनामा कोरोना पुष्टि भएको हो।
दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका विभिन्न स्थानीय तहका २४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत र सल्यानका ६ जनामा कोरोना पुष्टि भएको हो।
यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ८१३ पुगेको छ। प्रदेशमा अहिलेसम्म १ हजार ५५२ जना डिस्चार्ज भइसकेका छन्। आज (बिहीबार) मात्रै प्रदेशबाट ६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको हो। सो प्रदेशमा कोरोनाबाट अहिलेसम्म ६ जनाको मृत्यु भएको छ।