कञ्चनपुरमा थप २६ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ श्रावण ८, बिहीबार १५:३७
प्रकासित समय : १५:३७
कञ्चनपुर, पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई महिला र तीन पुरुष गरी पाँच जना, बेल्डाँडी गाउँपालिकाका आठजना पुरुष र शुक्लाफाँटा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जनामा कोरोना देखिएको उनले बताए ।