लामाताल सामुदायिक वनको बैज्ञानिक ब्यवस्थापन गरिदैं

 भालुवाङ, अर्घाखाँचीकाे सितगंगा नगरपालिका वार्ड नम्बर ७ स्थित लामाताल सामुदायिक वन उपभोक्ता समूहकाे बृक्षाराेपण कार्यक्रमकाे सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएकाे छ ।

दाङकाे बड्कापथ सिचाई आयाेजना लमहीकाे २९ लाख ५५ हजार ७ सय ५० रूपैयाँकाे बजेटमा उक्त सामुदायिक वनकाे ७.३ हेक्टर क्षेत्रफलमा गरिएकाे बृक्षाराेपण, गाेडमेल, तारबार, पुनराेपण, मर्मत संभार तथा ५ बर्षका लागि वन हरेलु खर्च सहितकाे कार्यक्रमकाे सार्वजनिक सुनवाई गरिएकाे हाे । 

उक्त सामुदायिक वनमा सिसाै, खयर, टिक, बकेना र मसला जातका ८ हजार ८ सय बिरुवा बृक्षाराेपण गरिएकाे लामाताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगबहादुर आलेले जानकारी दिए । साे कार्यक्रमका लागि अहिले सम्म विभिन्न शिर्षकमा १९ लाख ८० हजार ५ सय ६१ रूपैयाँ खर्च भएकाे र बाँकी ९ लाख ७५ हजार १ सय ८९ रूपैयाँ रकम पाँच बर्ष सम्म उक्त वन व्यवस्थापनका लागि खर्च गरिने समूहका अध्यक्ष आलेले बताए ।

समूहका अध्यक्ष जगबहादुर आलेकाे अध्यक्षता एवम् शितगंगा सब डिभिजन वन कार्यालयका प्रमुख यादव सापकोटाकाे प्रमुख आतिथ्यमा भएकाे सार्वजनिक सुनवाई कार्यक्रमलाई सहजीकरण गर्दै प्रमुख सापकाेटाले सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापन गर्न सके देशमा बढेको वेरोजगारी हट्ने बताए । अहिले सामुदायिक वनको अवधारण वैज्ञानिक तरिकाले अगाडी वढने भएकोले सामुदायिक वनहरुलाई वैज्ञानिक वन बनाउन सकेमा वनको आम्दानी हुने र त्यसले गाँउमै रोजगार सृजना गर्ने प्रमुख सापकाेटाले बताए ।

उनले सामुदायिक वन उपभोक्ता समूह सार्वजनिक सुनवाई कार्यक्रमकाे सहजीकरण गर्दै सामुदायिक वनबाट जति आम्दानी गर्न सकिने सम्भावना छ त्यति नै चुनौती समेत रहेकोले प्रत्येक सामुदायिकमा लेखाजोखा चुस्तदुरुस्तका लागि व्यवस्थापकीय पक्षमा जोड दिनु पर्ने बताए । सरकारले बनलाई अव बैज्ञानिक वनको रुपमा विकास गर्न खोजेकोले वैज्ञानिक वनको अवधारणा अगाडी बढेको समेत उनले स्पष्ट पारे ।

वैज्ञानिक वन व्यवस्थापनका नाममा प्राकृतिक रूपमा रहेका काँचा रूख कटान गर्ने र व्यापार गर्ने कार्य नभई यसबाट मनग्य आम्दानी गर्ने र पुन उत्पादनमा जोड दिएको प्रमुख सापकाेटाकाे भनाई थियाे । वैज्ञानिक वन व्यवस्थापनको पक्षमा जैविक विविधता, पारिस्थितिकीय प्रणाली, सिमसार, वन्यजन्तुहरूको वासस्थान, वातारणीय सन्तुलनका विषयमा सामुदायिक वन समुहहरुलाई सापकोटाले सहजीकरण समेत गरेका थिए ।

उनले वैज्ञानिक वन व्यवस्थापनमा दिगो विकासको अवधारणा अनुसार रुख कटान गरिएको क्षेत्रमा अनिवार्य पुनरुत्पादनमा जोड दिईएकोले त्यस तर्फ सबै सामुदायिक वन समितीको ध्यान जानु पर्ने बताए ।

समूहकी सचिव सुनिता राउतकाे स्वागत तथा आम्दानी, खर्च बिबरण सहितकाे प्रतिबेदन प्रस्तुत गरि शुरू भएकाे कार्यक्रममा शितगंगा सब डिभिजन वन कार्यालयका वन रक्षक गुणबहादुर घर्ती, वनफ्ररेस्ड मिलन खनाल,ऐरावती आर्दश बहुमुखी क्याम्पसका प्रशासन सहायक सन्ताेषकुमार याेगी, सिमले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवीराम घिमिरे, देउखुरी टुडे साप्ताहिकका प्रकाशक/सम्पादक सन्ताेषकुमार गुप्ता र राताेप्रेस डटकमका सम्पादक गणेश बल्बासे लगायतका वक्ताले सल्लाह सुझाब सहितकाे शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमकाे सञ्चालन समूहका सदस्य साेमबहादुर राउतले गरेका थिए । वि.सं. २०६५ सालमा जिल्ला वन कार्यालय अर्घाखाँचीमा दर्ता भई स्थापना भएकाे यस लामाताल सामुदायिक वन उपभोक्ता समूहमा १ सय ५० घरधुरी उपभोक्ता रहेकाे छ ।