बाढीले बगाएको दाउरा झिक्न जाँदा बगेर एक जनाको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण ७, बुधबार १४:४९
प्रकासित समय : १४:४९
रौतहट ,बाढीले बगाएर ल्याएका दाउन निकाल्न जाने क्रममा लाल बकैया खोलाको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कटहरिया नगरपालिका-१ भसेडवा बस्ने वीरेन्द्र यादवका २५ वर्षीय छोरा बैजु यादव छन्। बाढीमा दाउरा टिप्न जाँदा उनलाई बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी भरत श्रेष्ठले जानकारी दिए।
हिजो मंगलबार पनि चाँदी नदीमा आएको बाढीले बगाएर १ जनाको ज्यान गएको थियो। योसँगै बाढीले रौतहटमा ज्यान गुमाउनेको संख्या २ पुगेको डिएसपी श्रेष्ठले बताए।