पास बिना अझै काठमाडौं प्रवेश गर्न नपाइने
प्रकासित मिति : २०७७ श्रावण ७, बुधबार १८:४९
प्रकासित समय : १८:४९
काठमाडौं,सरकारले चार महिना लामो लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास हेरिने भएको छ ।
मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नगरेपछि गृह मन्त्रालयले पुरानै निर्णयलाई गृह निरन्तरता दिंदै काठमाडौं उपत्यका प्रवेशका लागि पास चाहिने जनाएको छ । पास सम्बन्धमा पुरानै निर्णय यथावत रहेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारी बताउँछन् । उनी भन्छन्, ‘साउन मसान्तसम्म यो निर्णय यथावत रहने छ ।’
मन्त्रिपरिषदले १ भदौदेखि लामो दूरीको यातायात पनि चल्न दिने भनेको छ । तर, त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मादण्ड बनाउने भनिएको छ । ‘भदौपछिको हकमा यातायात मन्त्रालयले भने बमोजिम हुनेछ’, अधिकारीले भने ।