नेपालमा पहिलोपल्ट कोरोनाबाट एक विदेशी नागरिकको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण ७, बुधबार १६:५३
प्रकासित समय : १६:५३
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलोपल्ट एक विदेशी नागरिकको ज्यान गएको छ । त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
मुटुको समस्या रहेकी ४८ वर्षीय चिनियाँ महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालमा कोभिड फोकल पर्सन डा. शन्तकुमार दासले जानकारी दिएका छन् । उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराबाट शुरुमा ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।
मंगलबार ग्रान्डीमा कोरोना पोजिटिभ देखिएपछि उनलाई त्रिवि अस्पताल सारिएको हो । श्वासप्रश्वासमा थप समस्या देखिएपछि उनको आइसियूमा उपचारक्रममा निधन भएको दासले जानकारी दिएका छन् । यसअघि नेपालमा कोरोनाबाट ४० जनाले ज्यान गुमाइसकेका छन् ।