काठमाडौं जिल्ला अदालतद्वारा तारिख थाम्ने मिति सार्वजनिक

काठमाडौं, काठमाडौं जिल्ला अदालतले लकडाउनका कारण गुज्रेको तारिख थाम्ने मिति सार्वजनिक गरेको छ। गत चैत ९ गतेदेखि लकडाउनका कारण तारिख लिन नपाएका मुद्दाका पक्षलाई दिनअनुसार उपस्थिति भई तारिख थाम्न अदालतले आग्रह गरेको हो।

अदालतका निमित्त श्रेस्तेदार सञ्जीव पोखरले तारिख गुज्रेका पक्ष आउँदो भदौ ७ गतेभित्र कहिले कहिले उपस्थित हुने भनेर सूचना प्रकाशित गरिएको जानकारी दिए। सर्वोच्च अदालतले लकडाउनका कारण रोकिएका मुद्दाका म्याद, हदम्याद, तारिख पूर्ण रुपमा खुलेको ३० दिनभित्र थाम्न पाइने फैसला गरेको थियो।