काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थपिएका १०० जना कोरोना संक्रमितमध्ये काठमाडौंका तीन जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १० हजार ९४ जना पुगेको छ । आज थप २०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ६८४ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ७८४ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।