लकडाउन कहर : बिद्यालयको चौरमा बिद्यार्थी बनाउँछन् वालुवाको घर

नेपालगन्ज, बाँके बिद्यालय सुनसान छ । तारबार नभएको निमार्णधिन पर्खाल र खुला गेटका कारण बिद्यालयको खुला चौरमा यत्रतत्र पशु चौपाया चरिरहेका देखिन्छन् । यतैकतै छिटपुट रुपमा देखिएका बिद्यार्थीहरू बिद्यालयको आगनीमा बालुवाको घर बनाइ खेलिरहेका देखिन्छन । 

बिद्यालयको आगनीमा बिद्यार्थीहरुले बनाउदै गरेको बलुवाको घरले धेरे कुरा बताइरहेकाे जस्ताे लाग्छ । उनिहरू घरी बनाउछन्  घरी भत्काउँछन् । यसरी नै चलिरहेछन उनिहरूका दिनहरू  पनि । उनिहरूकाे बालुवाकाे घरले यहि बताउँछ ।  लकडाउनले  हाम्रो भबिश्य पनि बालुवाकै घर जस्तै बन्ने भयो ।

बाँके राप्तीसोनारी गाउँपालिका ६ सुकुमैयाँ प्राथामिक बिद्यालयका बिद्यार्थीहरु  बिद्यालयको चौरमा बालुवाको घर बनाएर खेलिरहेका भेटिन्छन ।  यो समय बिद्यार्थीहरुको भविश्यको घर बनाउने समय हो । तर समयले बावलुको घर बनाउने अबस्थामा पुयाएको छ । बाँके राप्तीसोनारी ६ कमैया डाडाका सुकमैयाका बिद्यार्थीहरूकाे  ब्यथा हो यो ।

राप्ती पुल तरेर ३ किलोमिटर अगाडि बढनु भयो भने कर्मैया डाडा भेटिन्छ । कमैया डाँडामा अधिकाँश कमैयाहरुको बसोबास रहेको छ । करिब ३ सय घरधुरी रहेको कमैयाडाडालाई लक्षित गरि सुकमैया प्राबी स्थापना गरिएको छ ।   सुकमैया प्राबी पनि कमैयाकै हालतमा पुगेको छ ।

स्थानीय चन्द्रप्रकाश शर्मा अंकित बिद्यालयको हालत देखेर सुेशली हाल्छन् । गेेटकै छेउयमा उभिएका उनि भन्छन् उसै सुकुम्बासी बिद्यालय थियो कोरोना महामारीले झन सुकुम्बासी बनाइदियो । 

सुकमैयाको गेटमा भेटिएका शर्मा बिद्यालयको हालत र बिद्यार्थीहरुको हालत उस्तै भएको बताउछन । सरकारले कोरोना महामारी रोकथामका लागि चार महिनादेखि लगाएको लकडाउनका कारण देशभर बिद्यालयहरु बन्द भए । सरकारले १२० दिने लामाे लकडाउन अन्त्य गर्दै  भदाै १ गतेदेखि बिद्यालयहरू खुल्ने बताएकाे छ । तर काेराेना महामारीले थिलाे थिलाे पारेका बिद्यालयहरू पुरानै अबस्थामा फर्कन भने समय लाग्ने देखिन्छ ।