लमही भालुवाङ सडक खण्डको नर्तीमा स्थानीयले रोपे बिच सडकमै केरा
देउखुरी,दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ती स्थित पुर्ब पश्चिम राजमार्गमा स्थानीयले बिच सडकमै केराका बोट रोपेका छन् । सडकमा खाल्डाखुल्टी परे पनि मर्मतका लागी पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेपछी स्थानीयले बिरोध जनाउदै केरा रोपेका छन् ।
सडक बिग्रेको लामो समय सम्म मर्मत नहुदा दुर्घटनाको उच्च जोखिम भएको भन्दै सरकारलाई दवाब स्वरुप सडकको बिचमै स्थानीयले दुई वटा केराका बोट रोपेका हुन् । लमही देखि पुर्ब तर्फको मुख्य राजमार्गको अवस्था दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । बिच सडकमा भैंसी आहाल बस्ने जस्ता ठुला ठुला खाडल बनेका छन् ।
सडकमा परेका खाडलका कारण कैयौंपटक सवारी साधन दुर्घटनामा परेका छन भने कति मानिसले ज्यान समेत गुमाउनु परेको स्थानियले बताएका छन् । सडक बिग्रिएर खाल्डाखुल्टी हुदा पनि सम्वन्धित निकायले ध्यान नदिएको स्थानियको गुनासो छ ।