राप्ती गाउँपालिकामा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ४८ पुग्यो

 दाङ, दाङमा मंगलबार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जस अनुसार राप्ती गाउँपालिका वडा नम्बर ८ का ४० वर्षीय एक पुरुषमा र वडा नम्बर २ का ४८ र २६ वर्षीय दुई पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ४८ पुगेको छ । जसमध्ये ५ सय भन्दा धेरै निको भएर घर फर्किसकेका छन् । जिल्लामा अहिले सम्म २ जनाको मृत्यु भएको छ ।