गण्डकीमा थप १६ जनामा कोरोना संक्रमित, संख्या १,३२९ पुग्यो
प्रकासित मिति : २०७७ श्रावण ६, मंगलवार १५:३४
प्रकासित समय : १५:३४
पोखरा, गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लोपटक संक्रमित हुनेमा १६ जना छन्।
उनीहरू लमजुङका ६, बाग्लुङमा ३ र स्याङ्जाका ७ जना हुन्। योसहित प्रदेशमा कोरोना भाइरसबाट संक्रमितको संख्या १,३७५ पुगेको गण्डकी प्रदेश कोराना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले बताए।
सबै संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।