काठमाडौमा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं,काठमाडौं उपत्यकामा मंगलबार थप ९ जनामा कोरोना संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ र ललितपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ३८५ पुगेको छ। अहिलेसम्म काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या २५७ पुगेको छ। भक्तपुरमा ४९ जना र ललितपुरमा ७० जनामा संक्रमण भएको छ।