आज थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना निको भएर घर फर्किए

काठमाडौँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १२ हजार ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६०९ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६९.३४ प्रतिशत संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ४० जनाले ज्यान गुमाईसकेका छन् । यस्तै, मुलुकका ७ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार धनकुटा, भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।

नेपालमा गत २४ घन्टामा पीसीआर विधिबाट ३ हजार ९६३ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २१ हजार ७०४ छ । रेडजोनमा ५२९ जना रहेका छन् । हाल मुलुकका २७ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।