भाईरल बनेको सरकारी बाइकमा सवार दुवै सरकारी कर्मचारी !

काठमाडाैँ, पछिल्लो समयमा सामाजिक सञ्जालमा एकदमै चर्चा भइरहेको अथवा भाईरल बनेको सरकारी बाइकमा सवार तस्वीरको यथार्थ खुलेको छ । उनिहरू दुबै सरकारी कर्मचारी भएकाे पाइएकाे छ । पछिल्लो समयमा सामाजीक सञ्जालमा धरै घटनाहरु चर्चामा आउने गरेका छन् चाहे त्यो राम्रो तरिकाले होस् या चाहे नराम्रो तरिकाले होस् बेलाबेलामा सामाजीक सञ्जाल तताइरहेका हुन्छन् । 

सामाजिक सञ्जालमा सो तस्वीर भाइरल बन्नुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन नै हो। यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन । तर यी दुवैजना पछिल्लो समय सामाजिक संञ्जालको चर्चामा आए । सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफनै नियम छन् । जसको विषयमा सामाजिक संञ्जालमा चर्चा हुनु आफैमा स्वाभाविक हो ।

यातायात ब्यावस्था विभागका अनुसार प्रदेश-३-०२-००१ब-१४१२ नम्बरको मोटर साईकल धादिङको गल्छि गाउँपालिका को हो । गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार (स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको छ । सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन् ।

उनिहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेको र सिट्रोल ( सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर ) भर्न धादिङबाट काठमाडौं आएको खुलेको छ । सरकारी नम्बरको मोटरसाईकल चालक प्रताप बराल गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन् । उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव-इन्जिनियर सविता शाही हुन् । उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए ।

गल्छी गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको बताए । श्रेष्ठका अनुसार उनिहरू सरकारी सेवामा प्रवेश गरेपछि लिनुपर्ने सरकारी संकेत नम्बर लिन काठमाडौं आएका हुन् । सरकारी सेवामा प्रवेश पछि कर्मचारीका लागि सिट्रोल अर्थात सरकारी संकेत नम्बर आवस्यब पर्छ । श्रेष्ठले भने दुवै जना गाँउपालीकामा कार्यरत इन्जीनियर भएको बताए ।

श्रष्ठले भने “ सरकारी मोटर साईकल पनि गल्छी गाँउपालीकाकै स्वामित्वमा छ । मोटरसाईकलमा सवार कर्मचारीले लगाएको कपडाको विषयमा प्रश्न उठेको छ । यसका आफनै मर्यादा पनि छन् । यस विषयमा सत्य तथ्य बुझ्ने काम भैरहेको छ । त्यसपछि हामी कारवाहिको प्रक्रिया अगाडी बढाउँदै छौ ।” नागरिक टाईम्समा समाचार छ !