भदौ १ गतेदेखि हवाइ उडान सुरू गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, सरकारले भदौ १ गतेदेखि हवाइ उडान गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै उडान सुरू गर्ने निर्णय गरेको हो ।

उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मा दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गत वर्ष चैत्र ११ गतेबाट हवाई सेवा बन्द गरेको थियो । हवाइ उडानका लागि कार्यविधि बनाएर अघि बढाइने छ। त्यसको जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ।

कोरोना भाइरस रोकथामका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो। त्यसअघि चैत ९ देखि अन्तर्राष्ट्रिय बन्द गरिएको थियो। चैत ११ देखि आन्तरिक उडान समेत ठप्प छन्।