बेचिएका ४१ महिलाको प्रहरीद्वारा उद्धार

काठमाडाैँ, लकडाउनको समयमा मात्र वेचविखनमा परेका ४१ जना महिलालाई प्रहरीले उद्धार गरेको छ। नेपालका विभिन्न नाकाहुँदै भारतका विभिन्न स्थानमा पुर्याइएका २८ र वेचविखन गरी लाने क्रममा नेपालबाट १३ जना गरी ४१ जना महिलाहरुको उद्धार गरेको नेपाल प्रहरीको मानव वेचबिखन अनुसन्धान व्युरो जनाएको छ।

मानव बेचबिखन तथा ओसारपसारमा परेका पिडितहरुलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरुको समन्वयमा व्युरोले उद्धार गरेको प्रवक्ता प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताए।

नेपालमा उद्धार गरिएका मध्ये नवलपरासीमा २, कैलालीमा २, सुनसरीमा २, चितवनमा २, कास्कीमा २, मकवानपुरमा १, बर्दिया १ र बांकेमा १ रहेका छन्। बेचबिखनमा परेका पीडितको उद्धार गरी कानून बमोजिम कारवाही शुरु गरेको व्युरोले जनाएको छ।