बाढीले मोवाखोलाको पुल भत्काएपछि, पृथ्वी राजमार्ग अवरूद्ध
प्रकासित मिति : २०७७ श्रावण ५, सोमबार १७:१८
प्रकासित समय : १७:१८
काठमाडौं, अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भाँचिएसँगै सवारी आवत जावत ठप्प भएको हो।
चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्याउँदा यातायात आवतजावत नै बन्द भएको छ ।
बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मोवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको छ ।
अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मोवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको छ ।