मुस्किलले बनेको पक्की पुल त्यो पनि बाढीले बगायो
प्रकासित मिति : २०७७ श्रावण ५, सोमबार १०:५५
प्रकासित समय : १०:५५
बाजुरा, लगातारको बर्षासँगै आएको बाढीले बाजुरामा पक्की पुल नै बगाएको छ । बाढीले बाजुराको बुढीगंगा नगरपालिका–२ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएको हो ।

पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ ।
साफे–मार्तडी सडकखण्ड अन्तरगत ओमकोटमा पनि पहिरोको कारण करिब दुई सातादेखि यातायात अबरुद्ध भएको छ । जिल्लाका ग्रामिण सडकहरुमा पनि पहिरोले क्षति पुगेको छ ।

