प्रचण्डपक्षीय नेताहरूको बैठक खुमलटारमा, गृहमन्त्री थापा र भट्ट गएनन्
प्रकासित मिति : २०७७ श्रावण ५, सोमबार १०:३८
प्रकासित समय : १०:३८
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका छन् । सोमबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विषयमा छलफल गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलका विषयमा ब्रिफिङ गर्न प्रचण्डले आफूनिकट स्थायी समिति सदस्य बोलाएका थिए । पूर्वमाओवादीका सबै स्थायी समिति सदस्य उपस्थित भएपछि गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट भने खुमलटार नगएको उच्च स्रोतले जनायो ।
पूर्व माओवादीहरु छिन्नभिन्न भएको भन्दै प्रचण्डले स्थायी समिति सदस्यहरुलाई खुमलटार बोलाएका थिए । पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्यहरू कतिपय प्रधानमन्त्री ओलीसँग उभिएका छन् । कतिपयले ओली–प्रचण्डबीच सहमति हुनुपर्ने र पार्टी विभाजनबाट जोगिनुपर्ने भनी लागि परेका छन् ।