गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत र ओभरसियर घूससहित पक्राउ
प्रकासित मिति : २०७७ श्रावण ५, सोमबार १४:५९
प्रकासित समय : १४:५९
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका दुई कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।
विकास निर्माणको कामको भुक्तानीका क्रममा घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटिएको टोलीले जैशी र मोक्तानलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
“एक लाख ५० हजार रुपैयाँ घूससहित दुईजना पक्राउ परेका छन्,’’ उनले भने, ‘‘थप अनुसन्धान जारी छ । कार्यालयमा ल्याइसकेपछि थप विवरण खुल्ला ।”