क्यान्सरबाट श्रीमती गुमाएका कठायतको पहिरोमा परि निधन

कालीकोट, पचालझरनाको खार्दुमा पहिरोले ध्वजविर कठायतको ज्यान लिएको छ । खार्दुको लेकमा दार चिरानिमा गएका ५० वर्षिया कठायतको पहिरोमा परि शनिबार मृत्यु भएको हो । केहि समय अगाडि क्यान्सरका कारण उनी श्रीमतीकाे निधन भएकाे थियाे ।  

दार चिरानिमा व्यस्त रहेको बेलामा एक्कासि पहिरोले बगाएर मृत्यु भएको आफन्तले जनाएका छन । आफन्तका अनुसार मृतक कठायतको सब पहिरोमा पुरिएको अवस्थामा भेटिएको बताइएकाे छ ।

 त्यस्तै पहिरोमा परि पचालझरना ३ खार्दुका मुनि बस्नेत घाईते भएकाे बताइएकाे छ । बस्नेतलाइ उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा लिएको बताइएको छ ।

अकस्मात मृत्यु भएको खवरले पचालझरना गाउँपालिकाले दुःख व्यक्त गरेको छ । पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले दुःख व्यक्त गर्दै नावालक बच्चाहरुको अभिभावकको भुमिका पुरा गर्ने बताएका छन  । उनले भनेका छन घाइते मात्रै भएकाे भए पनि बचाउनकाे लागि जस्ताे सुकै मुल्उ चुकाउन तयार थियाैँ । घटनाले आफुलाई निक्कै स्तब्ध तुल्याएको बताएका छन ।

साथै पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले दुःख व्यक्त गर्दै मृतकलाई राहत र घाइतेलाई उपचारको जिम्मा गाउँपालिकाले लिने बताएकी छन  ।

यसअघि मृतक ध्वजविर कठायतको परिवार क्यान्सरका कारण मृत्यु भइसकेको छ । उनका टुहुरा ४ दिदी वहिनीको संरक्षण गर्ने आफन्तको घरमा बस्नु पर्ने बाध्यता आएको छ ।