हरियाली पचालझरनाका लागि २५ हजार बेर्ना तयार,गाउँपालिकाभरी ‘वृक्षारोपण’ गरिने

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाकाे बृक्षारोपणका लागि करिब २५ हजार बेर्ना तयार गरिएको छ । गाउँपालिकाको हाईटेक नर्सरी पणेक्षा चौरमा २५ सय बेर्ना तयार गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालका अनुसार पणेक्षामा क्याप्स कर्णालि र हुरुण्डेकको सहजिकरणमा पच्चीस हजार बेर्ना तयारी गरिएकाे छ । अध्यक्ष सेजुवालले अबको  एक हप्ता भित्र गाउँपालिका भरि बृक्षारोपण गरि सकिने जानकारी दिएका छन  ।

उनले भने गाउँपालिकालाई हरियाली बनाउने अभियान अन्तरगत यो कार्य सुरु गरेका छौँ चाँडै बृक्षरोपणमा जुटने छौँ ।