प्रतिष्ठानका कायममुकायम रजिस्ट्रारद्वारा निलसागरलाई खाद्यान्न सहयोग

भालुवाङ, कोरोना कहरको बेला राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले देउखुरीको एक आश्रममा खाद्यान्न सहयोग गरेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा बस्दै आएका अशक्त,असहायहरुलाई सामाजीक उत्तरदायीत्व बहन गर्ने उदेश्य अनुरुप २० हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।

प्रतिष्ठानको लेखा शाखाका अधिकृत राजीब बस्नेत, श्रीराम चौधरी सहित पुगेका देबले खाद्यवस्तु आश्रमका प्रमुख प्रकाश बिष्टलाई हस्तान्तरण गर्दै आफुले सानो सहयोग उपलब्ध गराउन पाउदा अत्यन्तै खुसी भएको बताए ।

प्रतिष्ठानको सामाजिक सेवा इकाइका प्रमुख समेत रहेका कायममुकायम रजिस्ट्रार देबले आफुले पाउने अतिरिक्त भत्ता बाफतको ५ महिनाको रकम सो आश्रमलाई सहयोग गरेका हुन् । त्यस्तै उनले घोराही तेरौटे स्थित बृद्धाआश्रममा रहेका बृद्धबृद्धहरुलाई पनि नियमितरुपमा आर्थीक सहयोग गर्दै आएका छन् । सहयोग गर्ने देबलाई निल सागर आश्रमले धन्यवाद दिएको छ ।