प्यूठानमा ट्याक्टर भीरबाट खस्यो, ७ जनाको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण ४, आईतवार ०८:१४
प्रकासित समय : ०८:१४
स्वर्गद्वारी, प्यूठानमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बाटो बनाउन खटिएका मजदूर बोकेर हिडेको २ त ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा भीरबाट खस्दा ७ जनाको मृत्यु् भएको प्यूठान प्रहरीले जनाएको छ ।
मृतक सबै रोल्पा रुम्टीगढीका भएको खुलेपनि पुरा परिचय खुल्न सकेको छैन् । उनीहरु भिङ्गृ–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिदै आएका थिए ।
दुर्घटना परेका अन्यलाई उद्धारको प्रयास भएपनि वर्षा र हुस्सुका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।