नेकपा स्थायी समिति बैठक सातौं पटक स्थगित
प्रकासित मिति : २०७७ श्रावण ४, आईतवार १४:३८
प्रकासित समय : १४:३८
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।
असार १० बाट शुरु भएको नेकपा स्थायी कमिटीको बैठक साउन ४ गते सातौं पटक स्थगित भएको हो । जारी विवाद समधानको निम्ती भन्दै पटक पटक स्थायी कमिटि बैठक स्थगित गरिएको हो ।
शनिबार सचिवालयको बैठक बसेपनि ठोस सहमति बन्न सकेको छैन । शनिबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव राखेका छन् ।