गण्डकीमा थप १२ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण ४, आईतवार ११:२४
प्रकासित समय : ११:२४
पोखरा,गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार बिहान म्याग्दीमा ६, बागलुङमा २, स्याङ्जामा २ र पर्वतमा २ जना संक्रमित थपिएका हुन् । म्याग्दीको बेनी र अन्नपूर्ण गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ भने मालिका र मंगला गाउँपालिकामा २/२ जना संक्रमित भेटिएका छन् ।
यस्तै पर्वतको जलजला र महाशिला गाउँपालिकामा १/१, बाग्लुङको बडीगार्ड र काठेखोला गाउँपालिकामा १/१ र स्याङ्जाको पुतली बजार र कालिगण्डकी गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा कोरानाबाट १ हजार २ सय ९० जना संक्रमित भएका छन् ।