देउखुरीका पत्रकार दुईभाईले दिए निलसागरलाई फलफुल

देउखुरी , राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी पत्रकार दुई दाजुभाईले निलसागर सेवा अाश्रममा फलफुल प्रदान गरेका छन् । पत्रकार ओमप्रकाश गुप्ता र सन्तोषकुमार गुप्ताले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको आश्रमलाई १५ केजी अाँप प्रदान गरेका हुन् ।

विश्व व्यापी महामारीको रूप फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा सेवाश्रमका अामाबुवाहरूलाई फलफुल खाने रहर भए

पनि कहि कतैबाट फलफुल नअाएको बेला पत्रकार दुई दाजुभाईले अाँप प्रदान गरेका हुन् । अाँप प्रदान गर्ने पत्रकार दुई दाजुभाईलाई अाश्रमका अध्यक्ष प्रकाश विष्टले धन्यवाद दिएका थिए ।