व्यवसायलाई घरभाडा छुट गर्न राप्ती उवासंघ भालुवाङको अनुरोध
भालुवाङ, देउखुरीकाे राप्ती उद्योग बाणिज्य संघ भालुवाङले घरभाडा छुट दिने सम्पूर्ण घरधनीलाई धन्यबाद दिएकाे छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले देशभर लकडाउन गरेपछि व्यापार व्यवसायी ठप्प भई घरबहालमा बसेका व्यापारी, होटल व्यवसायी ठुलो घाटा व्यहोरेको अवस्थामा घरधनीले विपदका बेला घरभाँडामा केही छुट गरी सहयोग गरेकाले उनीहरूको योगदानलाई कदर गर्दै उवासंघ भालुवाङले धन्यबाद ज्ञापन गरेकाे हाे ।
संघकाे शनिबार भालुवाङ आफ्नै कार्यालयमा भएकाे नियमित बैठकले घरभाँडा छुट दिने सम्पूर्ण घरधनीलाई धन्यबाद दिने निर्णय गरेकाे छ । संघका अध्यक्ष जगतप्रसाद पाेख्रेलले कसैलाई जबजस्ती घरभाँडा छुट दिने लगाउन नसकिने भन्दै मन भएका घरधनीले यस्ताे विपदको समयमा घरभाँडा छुट दिनु अत्यन्तै पवित्र कार्य बताए । उनले यसरी नै अन्य घरधनीहरूले पनि सकेजति घरभाँडा छुट दिन अनुराेध समेत गरे ।
संघकाे बैठकमै संघका जगतप्रसाद पाेख्रेल, बरिष्ठ उपाध्यक्ष टाेपबहादुर कार्की, महासचिव सुरज खड्का, सचिव टाेपबहादुर झाँक्रीले समेत आफ्नाे घरमा व्यवसाय गर्ने व्यवसायलाई घरभाडामा छुट दिने घाेषणा गरेका छन् । यता संघकाे कार्यक्षेत्र भित्र मात्रै एक दर्जन बढी घरधनीले घरभाडा छुट दिईसकेका छन् ।
संघका अध्यक्ष जगतप्रसाद पाेख्रेलकाे अध्यक्षतामा बसेकाे बैठकले भदाै १५ गते सम्म व्यवसाय नबिकरण गर्ने अबधि ताेकेकाे छ भने व्यवसाय नबिकरणका लागि घरदैलाे अभियान सञ्चालन गर्ने र साउन १० गते शनिबार संघकाे कार्यक्षेत्र भित्र बृक्षाराेपण गर्ने निर्णय समेत गरेकाे छ । बैठककाे सहजीकरण संघका महासचिव सुरज खड्काले गरेका थिए ।