अछाममा नदीमा नुहाउने क्रममा १ बालिका वेपत्ता
प्रकासित मिति : २०७७ श्रावण ३, शनिबार १६:१०
प्रकासित समय : १६:१०
अछाम, कर्णाली नदीमा नुहाउने क्रममा १ बालिका वेपत्ता भएकी छन् ।
जिल्लाको तुर्माखाद गाउँपालिकाको भैरवस्थानका स्थानिय प्रदिप कामीकी १० वर्षीया छोरी ललिता बिक कर्णाली नदीमा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
बालिका वेपत्ता भएको भन्ने खबर पाउना साथ प्रहरीले खोजी कार्यका लागि टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।