आफ्ना नेतालाई विनाकरण गिरफ्तार गरेको भन्दै युवा संगठनको आपत्ति

काठमाडौँ, विप्लवले नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपालले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य सोनामसिंह बललाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ ।

शुक्रवार सङ्गठनका केन्द्रीय उपाध्यक्ष दिनेशले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना कहरले जनजीवन अस्तव्यस्त बनेको समयमा सामाजिक फासिवादी सरकारले सामान्य मानवीय चेत नै नराखी गिरफ्तार गर्नु अमानवीय कार्य भएको बताएका छन् । साथै उनले नेता बललाई बिनासर्त रिहा गर्न समेत माग गरेका छन् ।

विज्ञप्तिको अघाडी भनिएको छ, ‘राष्ट्र र जनताका लागि लड्ने क्रान्तिकारीहरूलाई राष्ट्रघाती दलालहरूको राज्यआतङ्क, गिरफ्तारी, जेल र यातनाले गलाउने र थकाउने छैन, बरु एकीकृत जनक्रान्तिले झन् स्पातिलो र चट्टानी बन्नेछन् । गिरफ्तारीमा पर्नु भएका कमरेड सोनामलाई बिनासर्त ससम्मान यथाशीघ्र रिहा गर्न सङ्गठन जोडदार माग गर्दछ । अन्यथा उत्पन्न हुने परिस्थितिको स्वयम् दलाल राज्य जिम्मेवार हुनुपर्नेछ ।’

यस्तो छ विज्ञप्ति