आखिर गरे नहुने के नै छ र यहाँ ?

आफ्नो गाउँ आँफै बनाउनु पर्छ भन्ने मान्यता राख्ने म यही देशमा बसेर माटोलाई माया गर्न पाउने भाग्यमानी युवाहरु मध्ये आफु पनि एक हुँ भन्न पाउँदा गर्व लाग्छ । जन्मदिने आमाको काखमा सुस्ताउन पाउँदा सबै पिडा र ऐठन पनि भाग्छ । म याे देशकाे आम युवा हुँ । देश राजनैतिक सङ्क्रमणकालबाट गुज्रिरहेको थियो ।

त्यही समयमा म आफ्नो उच्चशिक्षा पछि अवसरहरुकाे खाेजिमा भौँतारिदै विदेशी भुमिमा पसिना बगाएको थिएँ, मेरो देशकाे लागि । पर्यटन तथा हस्पिटालिटीकाे विद्यार्थी हुँदै आज यो क्षेत्रमा बामे सर्दै गर्दा विदेशीने युवाहरुलाई नेपालमै आत्मनिर्भर अनि राेजगारिका अवसरहरु सिर्जना गर्न सकिन्छ भन्ने आशा र विश्वासका साथ अगाडि बढकाे छु । अझ आफ्नै कर्णालीका गाउँ, पखेरा र बस्तिहरुमा रैथाने बालिहरुकाे संरक्षण र प्रवर्द्धनबाट त्याे ठाउँकाे कृषिले यो क्षेत्रका कृषकलाई फाईदासँगै ग्रामीण पर्यटनकाे अथाह सम्भावनालाई हामीले देखेका छौँ ।

हामी युवा पुस्ताहरुलाई अत्यन्त चिन्ता पनि छ, कि अहिलेको यहि विद्यमान अर्थ-राजनीतिक संकटबाट राष्ट्र र सन्ततिहरुको भविष्य सहि ठाउँमा अवतरण होला त ? देश कोरोनाबाट आक्रान्त छ । विद्यालयहरु बन्द छन । अनलाइन कक्षाहरुकाे सञ्चालन भन्या जस्ताे सम्भव छैन । गाँउका युवाहरु अनुत्पादक फेसबुक र टिकटकका वालहरुमा अल्मलिरहेकाे दु:खद अवस्था एकातिर छ, भने अर्कोतिर बाढि-पहिरोले सयौं मानिसहरुको निधन भएको छ, कृषकहरुको तरकारीजन्य उत्पादन बारीमा नै कुहिरहकाे छ ।

व्यवसायीहरुलाई बैंकको ब्याज तिर्न समस्या छ । पर्यटन व्यवसाय धरापमा छ । सिङ्गाे देशकाे अर्थतन्त्र धरापमा छ । त्यसैमाथि नेपालकाे अर्थतन्त्र भारुमा निर्भर छ, मानाैँ यदि भारु लुड्कियाे रे तब हाम्राे हालत के हाेला ? ! तर याे वेला देशका प्रम ओली भने, अयाेध्या र राम नेपाली हो, भन्ने अभिव्यक्ति दिनुहुन्छ । वेलावेलामा आउने यस्ता अभिव्यक्तिले छिमेकि देशसँगकाे सम्बन्ध कस्ताे रहने हाेला ?

छिमेकिले देशको सिमा मिचेकाे कति गाँउहरु बिहान उठ्दा एकैरात अर्को देशमा भेटिन्छ तर तर राज्य जमिन फिर्ता गर्न पहल गर्देन । सिमाका जनताको हातमा लालपुर्जा नामकाे कागज छ तर जोतभोग गर्न बन्चित छन् । आफ्नो गुमेको जमिनको लालपुर्जा बाेकि सरकारका सम्बन्धित निकाय धाउँदा वाक्कदिक्क भई निरिह आँशु बगाउँदै अरु कुनै उपाय नलागी आँशु झार्दै मिडियामा बिलाैना पाेखिराखेकाे दृश्यहरु यत्रतत्र भेट्न सकिन्छ । उनै गरिब जनता जाे हरेकदिन सिमाना पिल्लर बनी उभिइरहेकाछन्, उनैलाई धाेतिकाे संज्ञा दिने उग्रराष्ट्रवादी चिन्तन र देश टुक्राउनु पर्छ भन्ने अभिव्यक्ती दिँदै हिँड्ने बिखण्डनकारि सिके रावत जसलाई चिसाे छिणिकाे हावा खुवाउनु पर्ने हाे, उसैलाई सरकारकाे मलजल अनि राजनितिक मुलधारमा ल्याएकाे खबर देशका कर्पाेरेट मिडियामा सुन्दा धिक्कार लाग्छ ।

यहाँ कुरा लिम्पियाधुराकाे उठ्छ । कालापानिकाे कुरा उठ्छ । जहाँ चालिसाैँ वर्षदेखि भारतिय सेना छ, जसले त्याे भुमिकाे तस्वीरसम्म लिन दिन्न । याे भुभाग हाम्राे हाे भन्ने आधार हामि १८१६ काे सुगाैलि सन्धिलाई लिएर बहस गर्छाैँ, जुन ब्रिटिश ईस्टइन्डिया कम्पनिसँग भएकाे थियाे । यहि ब्रिटिश ईस्टइन्डिया कम्पनिले निकालेकाे नेपाल – भारत सिमा छुट्याईएकाे नक्शा, अनि याे सन्धि पछि उसले हरेक तिस – तिस वर्षमा निकाल्ने नक्शाकाे कुनैपनि प्रतिलिपी हाम्राे देशकाे सिंहदरबारमा छ हाेला ? सिंहदरबारमा कुनैबेला आगलागि भएकाे थियाे भन्ने ईतिहासमा पढेकाे थिएँ, विद्यालयकाे हाजिरिजवाफ प्रतियोगितामा आउने प्रश्नमा । के आशा गराैँ र ! सुगाैलि सन्धि पछि हरेक तिस वर्षमा प्रकाशित नक्शाहरु सुरक्षीत हाेलान् आगलागी पछि ? यति भनिरहँदा राष्ट्रवादीहरुलाई तिताे अनुभव लाग्न सक्छ । हामी भित्र देशभक्तिले भरिएकाे विशाल हृदय छ । सुर्य चन्द्र अंकित झण्डा शिरमाथि छ ।

नेपालीहरु आफ्नाे देशकाे मामिलामा जे पनि गर्न तयार हुन्छन् । देशकाे माटाे सर्वस्व ठान्ने हामी चाहे आफ्नाे भाैतिक शरिरकाे प्रबाह नै नगरिकन किन नहाेस् ! यस्तै सेन्टिमेन्टले नै होला यथार्थ भन्दा अलिफरक सडकिय उग्ररराष्ट्रवादकाे शैलिलाई बढवादिने । विश्वमा कनैपनि देशका सिमा विवादका विषय कि ‘लडाईं या कुटनिति’ यी दुई बाहेक अरु कुनै तरिकाबाट सम्भव छैन । यहाँ देशकाे सुरक्षाकाे अन्तिम अस्त्र नेपाली सेनालाई ठेक्कापट्टामा अल्मल्याइयकाे छ । न त सेनालाई विवादित सिमानामा पठाउने गरिन्छ, न कुटनितिक तरिकाबाट समस्या समाधान गर्छन । केवल खालि उत्ताउलाे राजनिति र उट्पट्याङ कुराले सडक तताउने गरिन्छ । यसाे भनिरहँदा हिंसा अनि हिंसात्मक कुरालाई बढवा दिन खाेज्या पक्कै हाेइन र म हिंसामा विश्वास पनि गर्दिन । कुनैपनि समस्याकाे समाधान हिंसा हाेइन पनि । बुद्ध जन्मेकाे देशकाे युवालाई याे कुरा शोभनीय पनि छैन । हुँदैन पनि ।

हजुरबुबाको कुरा । नेपाल भन्ने देश काठमाण्डाैंकाे खाल्डाेलाई मात्रै भन्थे रे उतिबेलाका मानिसहरु । हजुरबुबाहरुले गरेकाे गफ घरकाे आँगन हाे या चाैतारिमा पछि स्कुल पढ्दा पृथिविनारायण शाहकाे नेपाल एकिकरण अभियान, बहादुर शाहकाे याेगदान जुन आफ्ना बुबाले बाेकेकाे विशाल नेपालकाे सपनालाई साकार पार्ने इतिहास । अनि नेपाल र नेपालीकाे रक्षाका लागि बलिदानि दिने विर शहिदहरुलाई सामाजिक सञ्जालमा बहसकाे विषय बनाउने कथित बुद्धिजीवी भनाउँदाहरुकाे बहस नपढ्या पनि हाेईन ।

पछिल्लाे समयमा, काे बढि राष्ट्रवादी बन्ने भन्ने हाेडबाजिमा छन् सबैजना । नाकाबन्दीताका जुन छिमेकि विरुद्धकाे पत्ता नेपालि समाजमा फ्याँकियाे यसले राम्रै काम गर्याे पनि । विनाशकारी भुकम्पकाे वेला बढेकाे कालोबजारी जतिवेला एउटा सामान्य उदाहरण -१३०० मा पाइने खाना पकाउने ग्यास ७००० सम्म तिर्दाकाे त्याे पिडाहरु कति छन् कति । जब कालोबजारीको समाचार सामाजिक सञ्जाल र मिडियामा देखिन्थ्याे रिसकाे कुनै सिमा रहँदैन हाम्रो तब सडकमा उफ्रिने र उफ्रिन लगाउनेकाे भिड उहि फेरि ।

हालैका घटनाहरु नियालौं न । जुन तत्वले मिडियाकाे सहायताबाट सडकिय शैली अपनाउँदै थियाे र त्यसले सदनमा दबाब दियो । तब भिड शान्त पार्न निम्छरो तवरले – “नेपालकाे नक्शामा त्याे चुच्चाे भाग कहिल्यै नपढेकाे”, “नक्शा मात्रै किन गुमेकाे जमिन नै फिर्ता लिएर आउने छाैं” जस्ता हलुका अभिव्यक्ती पोखे । पछि चाैतर्फि दबाबपछि चुच्चे नक्शा सर्वसम्मतिले पारित भयो । मानाैं, त्याे भित्ते नक्शामा बस्ति नै बस्याे नेपालकाे । कतिले यतिसम्म सस्ताे अभिव्यक्ती दिन भ्याए कि राजा महेन्द्रले बेचेको भुमी फिर्ता हामीले गर्याैं रे ? राजा महेन्द्रले बेचेको कुनै प्रमाण त हाेला ? खैर, राजा महेन्द्र अनि देश आफैँमा बहसकाे विषय हाेला, अहिले त्यतातिर नजाउँ ।

धेरै कुरा नाङ्गिएर आए पछिल्लाे चरणमा राष्ट्रवादी को ? भन्ने कुरामा । उता अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्र्म्पको धोति फुस्कन लागिसक्याे, उसकाे आफ्नाे अमेरिकन राष्य्रवादी शैलिले पछिल्लाे चरणमा । आफ्नै पहिलाकाे नेशनल सेक्युरिटि एडभाईजर जोन बोल्टनले “THE ROOM WHERE IT HAPPENED” नामकाे किताबै लेखेर । अहिले केहि सिप नलागेपछि चीनसँग युद्दकाे तयारिमा लाग्या छ । कुनदिन चाइनिजहरुले धुलाे चाटाउने हुन् अफिसियल्लि हैर्न बाँकि नै छ ।

प्रधानमन्त्री ज्यु, अब यो भारतीय कार्ड प्रयोग गरि फेरिपनि राष्ट्रवादी बन्ने चक्करले कतै फस्नुहाेला हाेस गर्नुहोस् । इतिहास मेटिदैन थाहै छ । तपाईं हाम्राे देश नेपाल अनि हामी नेपालीकाे सम्माननिय व्यक्ति हो । भन्नेहरुले त सामाजिक सञ्जालमा लंका हाम्रै देशकाे काेशिटप्पुमा छ । हस्तिनापुर, कुरुक्षेत्र अनामनगरकाे वरिपरि छ । राँचि झारखण्डमा हाेइन, महाराजगंजकाे वरिपरि नै छ समेत भन्न भ्याए । हजुरलाई ठुलाे अवसर छ, इतिहासकाे पानामा स्वर्णिम अक्षरले आफ्नाे नाम रंगाउने ।

देशमा अस्थिरता नहाेस् ! जब देश अस्थिरताकाे भुमरिमा फँस्छ त्यसकाे पिडा कर्णालीकाे एउटा विकट जिल्ला कालिकाेमा हुर्केबढेकाे ठिटाेलाई बाध्यताले विदेशी भुमिमा पसिना बगाउनु परेकाे पिडा र हेपिएकाे अवस्था सम्झिँदा सम्पन्न शहरकाे एउटा घरकाे कुनामा बसि देशकाे स्थितिलाई नियाल्ने सामाजिक सञ्जालमा लाईक र कमन्ट ठाेक्ने जमातलाइ के थाहा हाेला ? अब त ग्रेटर नेपालकाे मुद्दा उठान गर्ने केहि बुद्धिजीवीप्रति पनि शंका पाे लाग्न थाल्याे ।

हुन त MCC जस्ताे मुद्दालाई केहि डिजिटल मिडियाकाे सम्पादकिय लेखनलाई आधार बनाई यहि नै सहि हाे भनि बहस गर्ने डलरे बुद्धिजीवीहरु र आफैंलाई माननिय ठान्नेहरुकाे पनि कमि कहाँ छ र हाम्राे समाजमा ? अब उप्रान्त युवाहरु मिलेर नै गाउँ र समाज विकासकाे लागि बढ्ने प्रण गर्नुपर्छ । उग्रराष्ट्रवादकाे नाममा सडकमा पोखिने उर्जा अब बाँझा खेतबारिमा काेदालाे र फरुवा समाई सुन फलाउने तर्फ लाग्नुपर्छ । अघि बढ्नु पर्छ सकारात्मक साेचाईका साथ युवाहरु एक ढिक्का भई । तब असली राष्ट्रवादी हुनेछौं । युवाहरु सडकमा हैन बाँझा खेत र बिकास निमार्णका काममा पोखिन जरुरत छ । नेताहरुको राजनितिक झोले भयर हैन देशका खम्बा बनेर उभिन आबश्यक छ । यसैमा छ राष्टवाद र देशको उन्नत भविश्य पनि ।  

संचालक कुलीनरी द-हस्पीटालिटी सेन्टर सुर्खेत ।