राप्ती गाउँपालिकामा घरभाडा छुट दिने १७ घरधनीलाई चेम्बरले गर्याे सम्मान (तस्बिरसहित)

भालुवाङ, दाङको राप्ती गाउँपालिका का १७ जना घरधनी शुक्रबार सम्मान गरिएकाे छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले देशभर

लकडाउन गरेपछि व्यापार व्यवसायी ठप्प भई घरबहालमा बसेका व्यापारी, होटल व्यवसायी ठुलो घाटा व्यहोरेको अवस्थामा घरधनीले विपदका बेला घरभाँडामा केही छुट गरि सहयोग गरेकाले

उनीहरूको योगदानलाई कदर गर्दै राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले एक कार्यक्रमको आयोजना गरि अाफ्नै कार्यालय सिसहनियाँमा १७ जना घरधनीलाई सम्मान पत्र र खाँदा लगाएर सम्मान गरेको हो ।

चेम्बरका महासचिव कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष

जगदम्बाकुमारी चाैधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले घरधनीहरूलाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले घरभाँडा छुट दिने विषय करकापको विषय नभएकोले मन भएका घरधनीले विपदको समयमा घरभाँडा छुट दिनु पवित्र कार्य भएकोले त्यस तर्फ घरधनीहरू आफै सोच्ने कुरा रहेको बताउँदै घरभाडा छुट दिने सवैलाई धन्यवाद दिएका थिए ।

घरभाडा छुट दिनेहरूमा राप्ती गाउँपालिका १ भालुवाङका अखबर अलिले ४ महिना, वडा नम्बर १ पाखापानीका निमा सुवेदीले ३ महिना, वडा नम्बर ५ सिसहनियाँका ईश्वरीप्रसाद अधिकारीले ३ महिना,

वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, सोही वडाका सरोज चाैधरी, वडा नम्बर ८ पिपरीका धनबहादुर गुरूङ, सोही वडाका गोपालबहादुर खत्रीले २/२ महिना, वडा नम्बर ५ सिसहनियाँका बसन्तबहादुर थापाले डेढ महिना, वडा नम्बर ५ सिसहनियाँका

गोविन्दबहादुर कुवर क्षेत्री, वडा नम्बर ८ पिपरीका सुर्यनारायण चाैधरी, वडा नम्बर ५ सिसहनियाँका बसन्तकुमार रावत, सनातन चाैधरी, भिमलाल चाैधरी, जितेन्द्र गुप्ता, राजु चाैधरी, वडा नम्बर १ भालुवाङका यमबहादुर केसी र होमप्रसाद शर्माले १/१ महिनाको घरभाडा छुट दिएका छन् ।

पहिलो चरणमा १७ जनालाई सम्मान गरेको चेम्बरले दोस्रो चरणमा पनि सम्मान गर्न छुटेका घरधनीलाई सम्मान गर्ने बताएको छ ।

 

चेम्बरका प्रथम उपाध्यक्ष मनु बेल्वासेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा सम्मानित घरधनी ईश्वरीप्रसाद अधिकारी,

सम्मानित घरधनी अखबर अलि, चेम्बरका सल्लाहकार तथा सम्मानित घरधनी गोविन्द कुवर क्षेत्री लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।